काठमाडौं - आज २०८२ माघ ५ गते सोमबार। आजको दिन तपाईँका लागि विशेष सन्देश बोकेर आएको छ - अब हेरौँ, तपाईँको राशिमा के लेखिएको छ ?
मेष : केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। विभिन्न अवसरहरू प्राप्त हुनेछ । परिवारको सहयोग र मार्गदर्शनले महत्त्वपूर्ण कार्यहरूमा प्रगति प्राप्त हुनेछ। मेहनत गर्दा अवसरको ढोका खोलिनेछ। असन्तुलित खानपानले पेटको समस्या आउने समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। समाजले पदीय दायित्व दिलाउन सक्छ। मिहिनेत गर्दा जीवनशैलीमै परिवर्तन आउनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित व्यक्तिहरू नजिकिन सक्छन्
वृष : श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न केही समय लाग्नेछ। अरूको करकापमा काम गर्न बाध्य भइनेछ। तर अरूका लागि गरिएको कामले आफूलाई समेत फाइदा हुनेछ। कडा परिश्रम र प्रयासको फलस्वरूप प्रतिष्ठा र सम्मान प्राप्त हुनेछ। साथीभाइहरू बाट सहयोग मिल्नेछ । पारिवारिक भेटघाटले तपाईँलाई खुसी प्राप्त हुनेछ । यसले तपाईँको मानसिक स्थिति पनि सकारात्मक बनाउनेछ। आम्दानी सामान्य भए पनि ठुलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्।
मिथुन : नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्त्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। तपाईँको कामको उचित मूल्याङ्कन हुनेछ । परिवारको समर्थनले तपाईँलाई ठुलो काममा सफलता दिलाउनेछ । स्वास्थ्यमा सुधार आउनेछ । पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ। कामको चाप बढ्नेछ तर स्वास्थ्य कमजोर रहनेछ। अर्थका हिसाबले पनि दिन कमजोर रहला। परिस्थितिले चुनौतीहरूसँग सम्झौता गराउन सक्छ।
कर्कट : प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्त्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ। रमाइलो यात्रा र नयाँ अनुभवहरूको अवसर प्राप्त हुनेछ । मन मिल्ने साथी भेट्नुका साथै प्रेमको सम्बन्ध अझ गहिरो र सशक्त बन्न सक्छ। पछिका लागि अवसर खोजी गर्ने समय छ। पेसा–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यापार बढ्नेछ भने आम्दानी पनि प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। कामले यात्राको अवसर दिलाउन सक्छ।
सिंह : तपाईँले आँटेको काममा सफलता मिल्नेछ । तपाईँलाई व्यवसायमा लगानी बढाउने मौका प्राप्त हुनेछ र यसले भविष्यमा राम्रो नतिजा दिनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ । रमाइलो यात्राको अवसर जुट्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। स्रोतसाधन जुट्नाले मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।
कन्या : आज मान सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् । प्रतिस्पर्धीहरूलाई सजिलै नियन्त्रणमा ल्याउन सकिनेछ । र सहयोगीहरूको साथले तपाईँलाई व्यवसायमा ठुलो फाइदा पुग्नेछ। यसका साथै, तपाईँलाई प्रशस्त अवसर मिल्नेछन्। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ। संघर्षले कर्मयोग अघि बढ्नेछ। काममा धेरै समय जुट्न नसकिएला, योजना गोप्य राखेर अघि बढ्नुहोला। परिस्थितिले स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ। तर सानो प्रयत्नले फाइदा बढ्नेछ।
तुला : यस समय तपाईँको क्षेत्रमा प्रभुत्व जमाउने बेला छ। पैतृक सम्पत्ति को प्रयोग गरेर थप फाइदा उठाउन सकिनेछ। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ । प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुने समय छ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ। सानो कमजोरीले बाधा पुर्याउनेछ। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला। पछिका लागि जोहो गर्नुपर्ने समय छ। पेसा–व्यवसायमा आंशिक लाभ उठाउन सफल भइनेछ।
वृश्चिक : विगतमा भएका कमी कमजोरीलाई सुधार्नका लागि उपयुक्त समय छ। विशिष्ट व्यक्तित्वहरूको सहयोगले विशेष अवसरहरू प्राप्त हुनेछन् । व्यापार व्यवसायमा राम्रो लाभ प्राप्त हुनेछ। धेरै पछिको साथीभाइसँगको भेटघाटले मनमा खुसी छाउनेछ । शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। कर्मको उचित प्रतिफल पाइनेछ।
धनु : तपाईँको काममा सुधार आउनेछ र तपाईँले आँटेका कार्यहरू पुरा हुनेछन् । एउटै कामबाट दोहोरो लाभ प्राप्त हुनेछ र तपाईँका प्रयासहरूको सराहना गरिनेछ। समुदायका लागि गरिएको कामले तपाईँलाई सम्मान दिलाउनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ ।
मकर : साथी भाइसँगको रमाइलो यात्रा हुनेछ । सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ। तपाईँको लगनशीलताले महत्त्वपूर्ण कामहरूमा सफलता मिल्नेछ । मान सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।
कुम्भ : अध्ययन र शिक्षामा प्रगति हुनेछ । तपाईँको बोली र शब्दको प्रभावले धेरैलाई आकर्षित गर्नेछ भने कामलाई सजिलै सम्पन्न गर्न मद्दत पुर्याउनेछ। रमाइलो यात्राको योग पनि देखिन्छ। स्वास्थ्यको दृश्यबाट धेरै राम्रो दिन। लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउनेछन्। आम्दानी भए पनि खर्च बढ्नाले समस्या पर्नेछ। प्रयत्न गर्दा सरसापट भने पाइनेछ।
मीन : विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ। व्यापार व्यवसायमा प्रशस्त फाइदा हुने योग रहेको छ । साथीभाइसँग रमाइलोमा समय बित्नेछ । सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ । स्वास्थ्यका लागि आहार बिहारमा सजग रहनुहोला। पछिका लागि लगानी बढाउन सकिनेछ। तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। आंशिक फाइदा भए पनि काम गर्न अनुमानभन्दा बढी लगानी र समय लाग्नेछ।

