Harsamaya
उम्मेदवार टुङ्गो लगाउन रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को  केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने भएको हो । 

बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धमा छलफल हुने बताइएको छ । पार्टीको तर्फबाट प्रत्यक्ष उम्मेदवार चयनबारे सो बैठकमा छलफल हुने बताइएको छ ।

निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोले राजनीतिक दलहरू उम्मेदवार चयनमा व्यस्त छन् । 

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update