Harsamaya
कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा सिग्देल नियुक्त
कोशी प्रदेश सरकार ।

विराटनगर - कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद बैठकले खेलकुद विकास बोर्डको सदस्य सचिवमा उपसचिव दुर्गाप्रसाद सिग्देललाई तोक्ने निर्णय गरेको छ ।

गत असोज २४ गतेदेखि रिक्त भएको बोर्डको सदस्य सचिवमा अर्को व्यवस्था नभएसम्मका लागि सदस्य सचिव तोकिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिएका छन् ।

त्यस्तै आजको बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवमा आसमान तामाङलाई पदस्थापन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: शनिबार, माघ ३, २०८२  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update