काठमाडौं - आज २०८२ साल माघ ३ गते शनिबार। तपाईंको नयाँ ऊर्जा, सकारात्मक सोच र उत्साहले भरिएको दिनको सुरुवात भएको छ। ग्रहस्थितिले आजको दिनलाई विशेष बनाएको छ ।
मेष : विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम सुरु गर्ने अवसर जुट्नेछ । तपाईँका हातबाट सजिलै धन खर्च भएतापनि तपाईँका भाग्यशाली ताराले आर्थिक लाभ बनाइ रहनेछन्। परिवारमा नयाँ सदस्यको आगमनले उत्साह छाउनेछ । मित्रतामा खटपट हुनसक्छ होसियार हुनुहोस्। किनमेल र अन्य गतिविधिहरूले तपाईँलाई पूरै दिन व्यस्त राख्नेछ। त
वृष : आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ। महत्त्वपूर्ण जिम्मेवारी हात पार्ने मौका छ। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। रोकिएका केही काम बन्नेछन्। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैँलाई हुनेछ।
मिथुन : आध्यात्मिक साथै भौतिक लाभको लागि ध्यान र योग अभ्यास गर्नुपर्छ। घरेलु विषय र बाँकी रहेका घरेलु काम सक्ने अनुकूल दिन। आज यात्राको लागि धेरै राम्रो दिन छैन। नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्त्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ।
कर्कट : जीवनमा गम्भीर मनोवृत्ति नल्याउनुहोस्। छोराछोरीको अप्रत्याशित समाचारले मन खुसी गराउँछ। प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्त्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ।
सिंह : रमाइलो यात्राको अवसर जुट्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ। स्वास्थ्यमा समस्या आउन सक्छ । घरेलु विषय र बाँकी रहेका घरेलु काम सक्ने दिन छ । आज तपाईँले आफ्नो प्रियलाई आफ्नो भावना व्यक्त गर्न असमर्थ हुनुहुनेछ। आफ्नो जोडीको कठोर व्यवहारले गर्दा तपाईँ दिनभरि उदास रहन सक्नु हुनेछ।
कन्या : सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। असन्तुलित खानपानले पेटको समस्या आउने समय छ। तपाईँसँग आज आफ्नो लागि पर्याप्त समय हुनेछ । आफ्नो राम्रो स्वास्थ्यको लागि लामो पैदल यात्राका लागि बाहिर जानुहोस्। आफ्नो प्रियको निष्ठामा शङ्का नगर्नुहोस्। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ।
वृश्चिक : तपाईँले महसुस गर्ने तरीकामा नियन्त्रण गर्नुपर्छ। ठुलो योजना र विचारहरू भएको कसैसँग तपाईँको आकर्षण हुनेछ । तपाईँका नजिकका मानिसहरूले व्यक्तिगत स्तरमा समस्या सिर्जना गर्नेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। पैतृक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ।
धनु : आफ्नो शारीरिक तन्दुरुस्ती कायम गर्नको लागि तपाईँले आज केही खेल गतिविधिहरूको आनन्द लिने सम्भावना छ। घरमा कुनै पनि परिवर्तन गर्नु अघि आफ्ना अग्रजहरूको सुझाव लिनुहोस्, अन्यथा यसले परिवारमा मनमुटाब ल्याउन सक्छ । तपाईँको साहसले प्रेमलाई जित्नेछ। विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ।
मकर : काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ। रमाइलो जमघटका बिच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्।सुन्दर पहिरनद्वारा व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। मनोरञ्जन र अतिथि सत्कारमा खर्च बढ्न सक्छ।
कुम्भ : सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले महत्त्वपूर्ण काम दिलाउन सक्छ। मान सम्मान पनि पाइनेछ। काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। तपाईँलाई विगतका कमजोरीहरू सुधार्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तित्वको सहयोगले तपाईँलाई विशेष अवसर प्राप्त हुनेछ। विश्वास, प्रयास, र धैर्यको संयोजनले तपाईँको दिन असाधारण बन्न सक्छ।
मीन : अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ। विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। सुरुमा केही खर्च लागे पनि तपाईँले सोचेका कार्यहरू सफल हुनेछन्। असन्तुलित खानपानले पेटको समस्या आउने सम्भावना छ।तपाईँसँग आज आफ्नो लागि पर्याप्त समय हुनेछ।

