Harsamaya
गगन थापा नेतृत्वको पहिलो कांग्रेस केन्द्रीय समिति बैठकको यस्तो छ निर्णय

काठमाडौं - नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन कुमार थापाको अध्यक्षतामा बसेको पहिलो केन्द्रीय समिति बैठकले थापाकै संयोजकत्वमा 'घोषणापत्र निर्माण समिति' गठन गरेको छ। 

आज ललितपुरमा बसेको बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी घोषणापत्र तयारी र निर्वाचन परिचालन समिति गठन गरेको नेता देवराज चालिसेले जानकारी दिए । 

चालिसेले भने, 'यो घोषणापत्र केवल घोषणाका लागि नभई एक्सनका लागि भिजन सहितको हुनेछ। कति वर्षमा कस्तो काँग्रेस र कस्तो देश बनाउने भन्ने ठोस योजना र कार्य पद्धति यसमा समेटिनेछ।'

यसै गरी आगामी निर्वाचनमा पार्टीलाई सशक्त रूपमा प्रस्तुत गर्न उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा पनि 'निर्वाचन परिचालन समिति' गठन गरिएको छ। समितिले देशभर पार्टी पङ्क्तिलाई सक्रियतापूर्वक परिचालन गर्ने र आम नागरिकलाई पार्टीसँग जोड्ने काम गर्ने उनको भनाइ छ । 

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै निर्वाचन आयोगमा रहेका पुराना अभिलेखहरूलाई विस्थापन गरी नयाँ विवरण अद्यावधिक गर्ने निर्णय बैठकले गरेको छ। 

 

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  २१:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update