Harsamaya
नेकपा केन्द्रीय सदस्यमा सिन्धुपाल्चोकबाट २९ जना
नेता अग्निप्रसाद सापकोटा ।

काठमाडौं - सिन्धुपाल्चोकबाट नेपाली कम्युनिष्ट पार्टीका २९ जना केन्द्रीय सदस्य भएका छन् । बुधबार २४९९ जना केन्द्रीय सदस्य विस्तार गरेको नेकपाले सिन्धुपाल्चोकलाई २९ सदस्य दिएको हो । जसमा सापकोटा थरका मात्रैआठ जना छन् । 

केन्द्रीय सदस्य हुनेमा अग्निप्रसाद सापकोटा, कृष्णप्रसाद सापकोटा, केशव नेपाल, माधव सापकोटा, युवराज दुलाल, राजकुमार श्रेष्ठ, सरल सहयात्री पौडेल, भगवती नेपाल, सोम सापकोटा, चन्द्र बहादुर थापा, अमृता नेपाल,  इन्द्रमाया गुरुङ,  प्रेम सापकोटा, विष्णु सापकोटा, रामप्रसाद सापकोटा, भोला सापकोटा, झम्क पराजुली,  शिंह बहादुर विश्वकर्मा छन् । 

यस्तै, लालकान्छा तामाङ, लारक्याल लामा, बलराम विक, गोविन्द पराजुली, शमसेर शाक्य, पासाङ लामा, अनिता लामा, टिकाराम पराजुली, निमा तामाङ,  रामचन्द्र शर्मा (लेखा आयोगको सदस्य) र बलराम विक (केन्द्रीय सल्लाहकार) रहेका छन् । जेमपनले बुधबार सबैलाई सपथ खुवाएको थियो ।

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  ०७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update