Harsamaya
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं - नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आह्वान भएको छ । भोलि बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको छ । बैठकमा कार्यसमितिका पदाधिकारी सदस्यहरू र ७ वटै प्रदेशका सभापतिहरूलाई उपस्थित हुन  अनुरोध गरिएको छ । 

पार्टीको एक पक्षले विशेष महाधिवेशन गरेपछि विवाद बढ्दै गएको छ । संस्थापन पक्षीय नेताहरूले विशेष महाधिवेशन अवैधानिक भनिरहेका छन् भने विशेष पक्षधरहरूले भने नेतृत्व र नीति चुन्ने गरी अघि बढ्ने बताएका छन् ।

613014477_1227884596138835_3624424470325354433_n-1768228845.jpg
 

प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  २०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update