आजको मौसमः तराईमा हुस्सु, कोशी तथा हिमाली भेगमा आंशिक बदली
काठमाडौं- आज तराई भू-भागका अधिकांश स्थानहरूमा मध्यान्ह सम्म हुस्सु र कुहिरो लाग्ने संभावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम सम्बन्धी जानकारी अनुसार तराईमा दिउँसो मध्यान्ह सम्म हुस्सु लाग्ने भएको हो । यस्तै उक्त समयमा कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
विभागको अनुसार राती भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु रहनेछ । यता, देशका पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
प्रकाशित मिति: आइतबार, पुस २७, २०८२ ०६:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

