Harsamaya
प्रचण्डको घोषणाः रुकुम पूर्वबाट चुनाव लड्छु
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी चुनाव रुकुम पूर्वबाट लड्ने घोषणा गरेका छन् ।

शनिबार पश्चिम रुकुममा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो उम्मेदवारीबारे घोषणा गरेका हुन्। 'हुनसक्छ, अहिलेको चुनाव म रुकुमैबाट लड्छु । फेरि यही रुकुम भन्ने नठान्नुहोला । पूर्वी रुकुममा म आउने करिब निश्चित भएको छ,' सभामा प्रचण्डले भने ।

गोरखा, नुवाकोटदेखि महोत्तरीसम्मबाट नाम सिफारिश भए पनि अन्तिममा प्रचण्डले सबैभन्दा सुरक्षित मानिएको रुकुम पूर्व रोजेका हुन्। ३ वटा मात्र गाउँपालिका रहेको रुकुम पूर्व अहिले पनि नेकपा (तत्कालीन माओवादी)को आधार क्षेत्र मानिन्छ ।

प्रकाशित मिति: शनिबार, पुस २६, २०८२  २०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update