काठमाडौं - नेपाली कांग्रेसका पाँच प्रदेश सभापति र ४७ जिल्लाका सभापतिहरूले नियमित महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन् । शनिबार उनीहरूले आउँदो वैशाखमा नियमित महाधिवेशन गर्नुपर्ने भन्दै हस्ताक्षर गरेका हुन् ।
गण्डकी र लुम्बिनी प्रदेशका उपसभापतिहरूले नियमित महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन् । पाँच जना जिल्ला सभापतिहरू भने तटस्थ देखिएका छन् । तनहुँ, लमजुङ, सुनसरी, सोलुखुम्बु र मुस्ताङका सभापति तटस्थ देखिएका हुन । उनीहरू न नियमित न विशेषकै पक्षमा खुलेका छन् ।
उनीहरूले देशको परिस्थिति राम्रो नभएकाले काँग्रेस एकढिक्का भएर जानुपर्नेमा जोड दिएका छन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आइतबार र सोमबार काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन आव्हान गरिएको ।
त्यो विशेष महाधिवेशनलाई पार्टीको संस्थापन समूह र डा.शेखर कोइराला नेतृत्वको इतर समूहले मान्यता दिएको छैन ।




