Harsamaya
कांग्रेसको १५औं महाधिवेशन वैशाखको २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव
काँग्रेस केन्द्रीय कार्यालय ।

काठमाडौं - नेपाली कांग्रेसले १५औं महाधिवेशन २०८३ वैशाखको २८ देखि ३१ गतेसम्म गर्ने कार्यतालिका प्रस्ताव गरेको छ । 

शुक्रवार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी २०८३ वैशाखको २८ देखि ३१ गतेसम्म १५औं महाधिवेशन गर्न प्रस्ताव गरेका हुन् ।

यसअघि पुस २७ देखि गर्ने भनिएको महाधिवेशनको तालिका प्रभावित भएसँगै संस्थापन पक्षले महाधिवेशनको नयाँ कार्यतालिका पेस गरेको हो ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले भने विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन् । उनीहरूले यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने भन्दै भृकुटीमण्डपमा हल बूक समेत गरिसकेका छन् ।

congress-1767354820.jpg

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update