काठमाडौं- नेपाल सरकारले डा. कमल भुसाल (निकोलस भुसाल)सँग वार्ता गर्ने भएको छ। भुसाल केही दिनदेखि अनसनरत रहेका छन्।
उनीसँग वार्ता गर्नका लागि प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनालको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति समेत गठन गरिएको छ ।
समितिमा प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव डा. भीष्मकुमार भुसाल र काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलल रहेका छन् ।
प्रधानमन्त्री कार्कीको राजीनामासहितका विभिन्न माग राख्दै उनी माइतीघर मण्डलमा अनसनमा बसेका थिए । उनको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार वीर अस्पताल भर्ना गरिएको छ ।
उनलाई अस्पताल भर्ना गरेपछि नेपाल चिकित्सक संघले डा. भुसालको जीवन रक्षाका लागि अविलम्ब आवश्यक कदम चाल्न सरकारसँग माग गरेको थियो ।


