Harsamaya
 जनमतले मनायो धोती दिवस
धोती दिवस मनाउँदै जनमत पार्टी ।

काठमाडौं - जनमत पार्टीले काठमाडौं लगाएत विभिन्न जिल्लामा धोती दिवस मनाएको छ । 

काठमाडौंको माइतिघर लगाएत बिभिन्न जिल्लामा जनमतले धोती दिवस मनाएको हो । आ–आफ्ना मौलिकता झल्किने धोती, कुर्ता आदि पोसाक लगाएर धोती दिवस मनाउन जनमतका नेताहरु लगाएत माइतिघरमा सहभागी भएका थिए ।

उनीहरुले धोती हाम्रो शान हो, मधेशीको पहिचान हो, मधेशी एकता जिन्दावाद, धोती भनेर हेप्न पाइदैन, धोती हाम्रो राष्ट्रिय पोशाक हो लगाएतका प्लेकार्ड देखाएका थिए ।

सो क्रममा जनमत पार्टीका वरिष्ठ नेता ममता झाले सबै जातजातीको आफ्नै भेषभुषा रहेको र त्यसलाई सबैले आफ्नो सम्पत्ति मान्नुपर्ने बताए । उनले भेषभुषाका आधारमा कसैलाई अपमानित गर्न नहुने बताइन् । 

जनमतले जनवरी १ तारिकका दिन हेरक वर्ष धोती दिवस मनाउँदै आएको छ । 

प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update