Harsamaya
काँग्रेसमा विशेष महाधिवेशन गर्न हल बुक
महामन्त्री गगन थापा ।

काठमाडौं - नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशनका लागि हल बुक गरेका छन् । महामन्त्रीले महाधिवेशन आयोजना गर्ने गरी यही पुस २७ र २८ गतेका निम्ति भृकुटीमण्डपको प्रदर्शनी हल ‘बुक’ गरिएको छ ।  

नियमित महाधिवेशनका निम्ति हिजोदेखि वडा अधिवेशन आव्हान गरिएको थियो । त्यो हुन नसकेपछि विशेष महाधिवेशनतर्फ लागिएको विशेष महाधिवेशन पक्षधर नेताहरूले बताएका छन् ।  ।

आज नै महाराजगन्जमा विशेष महाधिवेशन पक्षधरहरू बसेर छलफल गरेका थिए । महामन्त्री गगन थापाले शुक्रबार एकता र मेलमिलाप दिवसको अवसर पारेर सामाजिक सञ्जालमा शुभकामना सन्देश जारी गर्दै पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढेको बताएका थिए ।

प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update