Harsamaya
नेपाली जनसम्पर्क समिति युएईमा सिन्धुपाल्चोकको प्रभावशाली उपस्थिति
नेपाली कांग्रेस जनसम्पर्क समिति, संयुक्त अरब इमिरेट्स (यूएई) को पाँचौँ अधिवेशनबाट निर्वाचित ।

काठमाडौं - डिसेम्बर २८ तारिखका दिन नेपाली कांग्रेस जनसम्पर्क समिति, संयुक्त अरब इमिरेट्स (यूएई) को पाँचौँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रूपमा चयन भएसँगै संगठनभित्र सिन्धुपाल्चोक जिल्लाको प्रभावशाली उपस्थिति देखिएको छ।

अधिवेशनबाट इन्द्रावती गाउँपालिका–५ का प्रताप सिंह तामाङ सर्वसम्मत रूपमा महामन्त्री तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्। त्यसैगरी पाँचपोखरी थाङपाल गाउँपालिका–२, बरुवाका खिला बहादुर श्याङ्बो सर्वसम्मत रूपमा दुबई क्षेत्रीय अध्यक्षमा चयन भएका छन्।

केन्द्रीय सदस्यमा पाँचपोखरी थाङपाल–४ का दावा लामा, पाँचपोखरी थाङपाल–२ बरुवाका राजेन्द्र बिष्ट, इन्द्रावती–११ का सरोज नेउपाने, हेलम्बु गाउँपालिका–३ का दावा दोर्जे लामा तथा मेलम्ची नगरपालिका–६ का राम बहादुर तामाङ सर्वसम्मत रूपमा चयन भएका छन्।

यसैगरी इन्द्रावती–४ का भिम बहादुर तामाङ र मेलम्ची–६ का अजय तामाङ सर्वसम्मत रूपमा दुबई उपाध्यक्षमा चयन भएका छन्। मेलम्ची–११ का जिर सिंह तामाङ सर्वसम्मत रूपमा दुबई सचिवमा चयन भएका छन् भने इन्द्रावती–५ का दीपक तिमिल्सिना सर्वसम्मत रूपमा सर्जाह क्षेत्रीय उपाध्यक्षमा चयन भएका छन्।

सर्वसम्मत चयन भएका पदाधिकारीहरूले यूएईमा रहेका नेपालीहरूको हकहित, समस्या समाधान, आपसी एकता तथा संगठन सुदृढीकरणका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यससँगै नेपाली जनसम्पर्क समिति यूएईमा सिन्धुपाल्चोक जिल्लाको उपस्थिति अझ सशक्त र प्रभावशाली बनेको छ।

प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update