Harsamaya
कांग्रेसले भन्यो - रास्वपा र बालेन शाहबीच भएको एकताको सहमतिले खासै प्रभाव पर्दैन

काठमाडौं - नेपाली कांग्रेसले आज निर्वाचन आयोगमा समानूपातिक सूची बुझाउने भएको छ । 

पार्टी कार्यालय सानेपामा आइतबार बसेको कार्यसम्पादन समितिको बैठकमा समानुपातिक उम्मेदवार चयनबारे छलफल भएको र सोमबारसम्म टुङ्गो लगाएर आयोगमा बुझाइने कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । 

कार्यसम्पादन समितिले प्रदेशका नेताहरु छलफल गरेको र छलफलका आधारमा सूची बनाएर सोमबार आयोगमा बुझाइने उनले बताए । उनले समानूपातिक सूची बुझाउनुपर्ने भएकाले आइतबारको बैठक त्यसमा केन्द्रित भएको जानकारी दिए । 

त्यस्तै प्रवक्ता महतले रास्वपा र बालेन शाहबीच भएको एकताको सहमतिले खासै प्रभाव नपर्ने बताए । रवि लामिछाने र बालेनको बारेमा धेरै ठूलो प्रश्न उठेकाले जनताले मूल्यांकन गरिरहेको उनले बताए । 

प्रवक्ता महतले अहिले पनि पुराना दलमा कांग्रेस नै विश्वसनीय पार्टी भएको दावी गरे । रवि लामिछाने र बालेनमाथि उठेका प्रश्न गम्भीर रहेकाले उनीहरुले मिलेकोमा आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । 

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  ०८:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update