काठमाडौं - आज २०८२ साल पुस ११ गते शुक्रबार । तपाईंको नयाँ ऊर्जा, सकारात्मक सोच र उत्साहले भरिएको दिनको सुरुवात भएको छ। ग्रहस्थितिले आजको दिनलाई विशेष बनाएको छ ।
मेष : काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नुपर्ला। मेहनत गर्दा शत्रुहरूलाई तह लगाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै धेरै योजना सफल हुनेछन्। पहिलेको श्रम र लगानीबाट फाइदा हुनेछ भने सम्पादित कामको मूल्याङ्कनले जिम्मेवारी समेत दिलाउनेछ। विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ। आयस्रोत राम्रो हुनाले मनग्य धन सञ्चय हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्।
वृष : पढाइ लेखाइमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। रचनात्मक कार्यमा जुट्नाले प्रशस्तै फाइदा हुनेछ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।
मिथुन : बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ। महत्त्वाकाङ्क्षी योजना सफल होलान्। कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। चुनौती र व्यवधानहरू पार लाग्नेछन्। मिहिनेत गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ। सामाजिक काममा रुचि बढ्नेछ। शुभचिन्तकहरूले पनि राम्रै सहयोग जुटाउनेछन्। फाइदाका स्रोत पहिचान गर्न सकिनेछ।
कर्कट : व्यापार व्यवसायमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धी पराजित हुनेछन्। सोचेभन्दा आम्दानी बढ्नेछ। सहयोगीहरूले पनि साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोपनीयता बाहिरिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका लागि आहार बिहारमा सजग रहनुहोला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। परिबन्धले केही समस्या निम्त्याउन सक्छ।
सिंह : विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। पठन पाठनमा प्रगति हुनेछ। विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ। घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। काममा साथीभाइबाट सहयोग मिल्नेछ। प्रतिकूल परिस्थितिका बिच प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन आउनेछ।
कन्या : पारिवारिक सम्बन्धमा सुधार आउनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
तुला : पतिपत्नीबिच सम्बन्धमा सुधार आउनेछ। व्यवसायतर्फ सामान्य आम्दानी भइरहनेछ। अवसर प्राप्त हुनुका साथै भाग्यले साथ दिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक कामबाट धन लाभ हुनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्। सुखद समाचारले अझ उत्साह बढ्नेछ।
वृश्चिक : ठुला व्यक्तिको विशेष सहयोग जुट्नेछ । परिवार बिच आत्मीय भाव बढ्नेछ। शैक्षिक क्षेत्रमा गरेको लगानीबाट प्रशस्त लाभ मिल्नेछ। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। धेरै फाइदा नहुने काममा समय बित्नेछ। नजिकका आफन्त, साथीभाइ टाढिन सक्छन्। दोहोर्याएर प्रयत्न गर्दा काम बनाउन सकिनेछ।
धनु : पढाइ लेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। कामबाट प्रतिष्ठा मिल्नेछ। काम गर्ने मनोबल र उत्साह बढ्नेछ। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।
मकर : सोच्ने शक्ति बढ्नेछ। प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । व्यापार व्यवसायबाट राम्रै फाइदाको योग छ। अरूको वचन हार्न नसक्दा दुःख पाइनेछ। तर मिहिनेत गर्दा आयस्रोत बढ्नेछन् र उठ्नुपर्ने रकम हातलागी हुनेछ। अध्ययनमा समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने समय छ। मिहिनेतले आम्दानी बढाउन सकिनेछ।
कुम्भ : विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। पारिवारिक भेटघाटले खुसीयाली छाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। रमाइलो जमघटका बिच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। तर बलजफती गर्ने बानीले साथीभाइ टाढिन सक्छन्। स्वास्थ्यका लागि खानपानमा अलि सजग रहनुहोला। आ
मीन : नयाँ कामको प्रस्ताव आउनेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन्। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकाङ्क्षी योजनामा अघि नबढ्नुहोला। छर–छिमेकमा केही असमझदारी बढ्न सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। अवसरका लागि भने केही दौडधुप गर्नुपर्ने देखिन्छ।

