Harsamaya
ओलीको दाबीः सरकारले चुनावको वातावरण बनाए बहुमत ल्याउँछौँ 
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले वातावरण बनाए चुनावमा जान तयार रहेको बताएका छन् । पार्टीको ११औँ महाधिवेशनमा खटिएका युवाहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा उनले आफूहरूले चुनावमा बहुमत ल्याउने दाबी पनि गरे ।

'हामी, जस्तो परिस्थिति आइपर्छ, निर्वाचनको परिस्थिति बनाउँछ, सरकारले निर्वाचन गराउँछ, सरकारले हामी निर्वाचनमा सहभागी हुन्छौँ, चुनाव जित्छौँ, बहुमत ल्याउँछौँ,' उनले भने ।

शान्तिपूर्ण, धाँधलिरहित चुनावको वातावरणको प्रतिक्षामा आफूहरू रहेको उनले सुनाए । 'हामी त शान्तिपूर्ण वातावरणमा चुनाव होस्, स्वच्छ, निष्पक्ष वातावरणमा चुनाव होस् । त्यही समय पर्खिरहेका छौँ । त्यस्तो परिस्थिति छैन,' उनले भने ।

उनले सरकारले त बरु द्वन्द्व चाहेको आरोप लगाए । उनले छानबिन आयोगले तत्कालीन प्रधानमन्त्रीको रूपमा आफूलाई पत्र काट्ने भनेर हल्ला चलाएको भन्दै असन्तुष्टि प्रकट गरे ।

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  १९:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update