Harsamaya
आजको दिन कुन कुन राशिको लागि शुभ, हेर्नुहोस् राशिफल
सांकेतिक तस्वीर: हर समय/Har samaya

मेष : दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। आफन्तहरूको साथले नयाँ आशा जगाउनेछ। रमाइलो यात्राको योग रहेको छ । रमाइलो भेटघाटमा मन रमाउनेछ । प्रेममा सफलता मिल्नेछ । धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन् । मिहिनेत गर्दा चिताएको काम सम्पादन गर्न सकिनेछ। साथीभाइसँगको सम्बन्धमा सुधार आउनेछ । सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ ।

वृष : प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । सानै प्रयासले काममा सफलता मिल्नेछ । प्रयासहरू सकारात्मक रहनेछन् । सामाजिक काममा व्यस्त रहनुपर्नेछ ।  महत्त्वपूर्ण काम सफल हुनेछ । प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। 

मिथुन :  सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ । व्यापार व्यवसायमा लाभ हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । अचल सम्पत्तिको कारोबार बढ्नेछ । रोकिएका अधुरा कामहरू बन्नेछन् । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । अध्ययनमा सफलता प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धन लाभ हुनेछ। 

कर्कट : नयाँ कामको प्रस्ताव आउनेछ । पहिलो भेटमा नै धेरैले सहयोग गर्नेछन् ।। मिहिनेतले मान सम्मान दिलाउनेछ। अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखार आउनेछ। बुद्धिको उपयोगले विद्या, धन आर्जन हुनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। मिहिनेत गर्दा आयआर्जनका स्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। अध्ययनमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने अवसर जुट्नेछ।

सिंह : बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। आर्थिक समस्या सुल्झाउन कर्जा लिनुपर्ला। सरसापट तथा किनमेलमा रकम बाहिरिन सक्छ। साथीभाइ र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ ।  खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। दिगो काम गर्न समयले साथ दिनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। अपरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ।

कन्या : बिना प्रतिस्पर्धा फाइदा हुने समय छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । बेसुरमा वचन दिँदा अप्ठ्यारोमा परिएला। असंयम व्यवहारले समस्या निम्त्याउन सक्छ। परिस्थिति अलि प्रतिकूल रहला। पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ। महत्त्वाकाङ्क्षी योजना गोप्य राख्नुहोला। पशुधनबाट सामान्य लाभ उठाउन सकिनेछ।

तुला : सोचेको आटेको काममा सफलता मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । साथीभाइसँग भेटघाटमा मन खुसी रहनेछ ।लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सोचेको आँटेको काममा सफलता मिल्नेछ । आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् । 

वृश्चिक : उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ ।आवश्यक पर्दा सहयोगीहरूले साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। 

धनु : शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । प्रयत्न गर्दा आयस्रोत बढाउन सकिनेछ। व्यापारमा अड्किएको रकम उठ्नेछ। भविष्यका लागि केही लगानी बढाउन सकिनेछ। तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। आंशिक फाइदा भए पनि काम पूरा गर्न अनुमानभन्दा बढी लगानी र समय लाग्नेछ। 

मकर : अध्ययन अध्यापनमा सुधार आउनेछ। मनोरञ्जनमा मन जानेछ । वैदेशिक कार्यहरू बन्नेछन् । जागिरमा पदोन्नतिको योग रहेको छ । मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला। मेहनत गरे प्रशस्त धन लाभ हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर जुट्नेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। 

कुम्भ :  नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ । साथीभाइसँगको रमाइलो भेटघाटमा मन खुसी रहनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। विशेष योजनाहरू बन्नेछन्। व्यवसायमा लाभ हुनेछ।  रोकिएको काम बन्नेछ र नयाँ काम थालनी हुनेछ।

मीन : काममा लगानी बढाउने समय छ । प्रयास गर्दा रोकिएका कामहरू सफल हुनेछन् । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । घरायसी काममा रुचि बढ्नेछ ।सामान्य काममा धन र श्रम खर्च हुनेछ। अस्वस्थताले काममा जुट्न नसकिएला। गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ। सहयोगीहरू पछि हट्नेछन् भने आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। स्वास्थ्यका लागि व्यायाम तथा खानपिनमा ध्यान पुर्‍याउनुहोला।

 

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  ०५:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update