Harsamaya
वर्तमान सरकार भंग गर्न माग गर्दै राष्ट्रपति समक्ष विप्लवको १३ बुँदे ज्ञापनपत्र
तस्वीरः हर समय/harsamaya

काठमाडौं- नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा माओवादीले सर्वपक्षीय सरकार गठन गर्न माग गरेको छ ।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई १३ बुँदे ज्ञापनपत्र बुझाउँदै माओवादीले सुशीला कार्की नेतृत्वको सरकार भङ्ग गरेर नयाँ सर्वपक्षीय सरकार गठन गर्न माग गरेको हो ।

'वर्तमान अन्तरिम सरकारलाई भंग गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ,' ज्ञापनपत्रको पहिलो मागमा माओवादीले लेखेको छ । यस्तै, जेनजी विद्रोहको भावना अनुरूप साथै विशेष परिस्थितिमा अवलम्बन गरिने आवश्यकताको सिद्धान्तलाई प्रयोग गरी संविधानलाई संशोधन गर्नुपर्ने पार्टीको माग छ ।

साथै भदौ २३ र २४ गते भएका गोलीकाण्ड र विध्वंसको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न पनि माग गरिएको छ ।

aaa_1_EPjC8QmluF-1766587720.jpg

bbb_1_UpGfs6v2q3-1766587720.jpg

प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  २०:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update