गृह सचिव दवाडीसहित तीन जनाको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा
काठमाडौं - भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगले गृह सचिव गोकर्णमणी दुवाडीसहित तीन जनाको विदेश भ्रमण फुकुवा गरेको छ ।
आयोगको सचिवालयले गृह सचिव दवाडी, पूर्व प्रहरी महानिरिक्षक चन्द्रकुवेर खापुङ र काठमाडौं जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको उपत्यका छाड्न नपाउने र विदेश भ्रमण फुकुवा गरेको जनाएको छ ।
आयोगको कात्तिक २७ गतेको निर्णयले उनीहरूलाई काठमाडौं उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखको स्थान हद भने कायमै छ ।

प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२ १६:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

