Harsamaya
व्यास नगरपालिकाले फोहर बिक्री गरी १० लाख कमायो
प्रतिकात्मक तस्विर ।

तनहुँ -  व्यास नगरपालिकाले फोहोरजन्य वस्तु बिक्री गरी पाँच महिनामा १० लाखभन्दा बढी आम्दानी गरेको छ ।

फोहोरका रुपमा संकलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभिन्न वस्तु बिक्री गरी नगरपालिकाले चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा १० लाख ५९ हजार ७०४ आम्दानी गरेको हो । 

साउनदेखि मङ्सिरसम्म फोहोरबिक्री गरी उक्त आम्दानी भएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए । उनका अनुसार पानीका बोतल, आल्मुनियम, टिन, फलाम, कापी, किताब, गत्ता, टुक्रा कागज, सिसा बिक्री गरी उक्त आम्दानी भएको छ । 

फोहरमैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको नगरपालिकाले घरबाटै फोहोरवर्गीकरण गरी संकलन गर्न थालेको छ । कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै वर्गीकरण गरी संकलन गर्ने र बिक्री गर्न योग्य फोहोरबिक्री गरी आम्दानी गरिएको लम्सालले बताए 

फोहरमैला व्यवस्थापनका लागि नगरपालिकाले सरसफाइ विज्ञ कृष्ण भण्डारीलाई नियुक्त गरेको थियो । भण्डारीकै सल्लाह बमोजिम कुहिने र नकुहिने फोहोरवर्गीकरण गरी व्यवस्थापनको काम अगाडि बढेको हो । 

प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update