Harsamaya
जेनजीहरुको प्रदर्शनमा भएको दमन र धरपकडको विरोध
जेनजी आन्दोलनमा प्रहरी हस्तक्षेप ।

काठमाडौं - अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) ले जेनजीहरुको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीद्वारा दमन र धरपकड भएको भन्दै निन्दा र भर्त्सना गरेको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै संगठनले माइतीघर मण्डलामा विभिन्न जेनजी समूहको संयुक्त आयोजनामा गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीद्वारा हस्तक्षेप, दमन र धरपकड भएको भन्दै निन्दा र भर्त्सना गरेको हो ।

जेनजी आन्दोलनलाई अपहरण गरि बनेको सुशीला कार्की नेतृत्वको सरकार तीन महिना बढी भइसक्दा पनि कुनै सकारात्मक कामहरू गर्न नसकेको समेत संगठनको आरोप छ ।

विज्ञप्तिमा लेखिएको छ,‘अग्रगामी निकासका लागि आज माइतीघर मण्डलामा विभिन्न जेनजी समूहको संयुक्त आयोजनामा गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीद्वारा गरिएको हस्तक्षेप, दमन र धरपकडको हाम्रो संगठन अखिल (क्रान्तिकारी) कडा निन्दा र घोर भत्सर्ना गर्दछ ।’

आन्दोलनको क्रममा गिरफ्तार सबैलाई यथाशीच राराम्मान रिहाइ गर्न जोडदार माग समेत संगठनले गरेको छ ।

प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update