नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका पूर्व सभापति ॠषिराम पौडेल सम्मानित
काठमाडौं - नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका पूर्व सभापति ॠषिराम पौडेललाई सम्मान गरिएको छ ।आइतबार सिन्धुपाल्चोकको बाह्रबिसेमा उद्योग वाणिज्य संघको ३०औं साधारणसभामा उनलाई सम्मान गरिएको हो ।
पत्रकारितामार्फत उद्योग तथा व्यवसायमा योगदान पुर्याएको भन्दै संघले सम्मान गरेको बताएको छ । पौडेल कान्तिपुर दैनिकमा कार्यरत छन्
पौडेलसँगै संघले पूर्वअध्यक्ष तथा वरिष्ठ व्यवसायी राजकुमार बस्नेत, सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिंह थापा, कफी संघ सिन्धुपाल्चोकका अध्यक्ष मन्दु थापा र व्यवसायी सुजित बस्नेत रहेका छन् ।
उनीहरूलाई नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठसहितका प्रतिनिधिले सम्मान गरेका हुन् ।
कार्यक्रममा बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतलगायत सहभागी थिए ।
प्रकाशित मिति: आइतबार, पुस ६, २०८२ १७:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

