Harsamaya
 मधेस प्रदेशसभाको सभामुखमा रामअशिष यादव विजयी 
मधेस प्रदेशसभा ।

काठमाडौं - मधेस प्रदेशसभाको सभामुखमा रामअशिष यादव विजयी भएका छन् ।

मधेस प्रदेश सभामा रिक्त सभामुख चयनका लागि आइतबार भएको निर्वाचनमा जम्मा खसेको ९६ मतमध्ये यादवले  ७२ मत प्राप्त गर्दै विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी त्रिलोकी प्रसादले २४ मत पाए । 

सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक यादव र नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसादले सभामुखका लागि उम्मेदवारी परेको थियो । 

 निवर्तमान सभामुख रामचन्द्र मण्डल मंसिर ३ गते पदमुक्त भएका थिए। 

प्रकाशित मिति: आइतबार, पुस ६, २०८२  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update