Harsamaya
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
सांकेतिक तस्वीर : हर समय/Har samaya

मेष : गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ। अवसर प्राप्त भए पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ। स्वास्थ्य कमजोर रहनाले नयाँ काममा जुट्न नसकिएला।  तपाईँलाई भेटघाट र रमाइलोमा समय बित्नेछ। बोलीचालीमा मिठास आउनेछ। पढाई लेखाइमा रुचि बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। आश्वासन दिनेहरूले झुक्क्याउन सक्छन्। अरूको स्वार्थका लागि उपयोग भइएला। पेसा–व्यवसायमा केही मन्दी आउन सक्छ।

वृष : व्यापार व्यवसायबाट लाभ मिल्नेछ। भोज भतेरमा जाने अवसर मिल्नेछ। साथीभाइको सहयोगमा महत्त्वपूर्ण काममा सफलता मिल्नेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ।  नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ।

मिथुन : व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मेहनतले राम्रै प्रतिफल दिलाउनेछ। शैक्षिक क्षेत्रमा गरेको लगानीबाट लाभ मिल्नेछ। बोलेको काममा सफलता मिल्नेछ। गरेको कामको उचित मूल्याङ्कन हुनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। 

कर्कट : जागिरमा पदोन्नति हुने समय छ। बौद्धिक काममा सफलता मिल्नेछ। स्वास्थ्यमा भने केही समस्या आउने देखिन्छ। छिटो फल प्राप्त गर्ने आकाङ्क्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि नयाँ काममा हातहाल्नु अघि राम्ररी विचार पुर्‍याउनुहोला।  बौद्धिक व्यक्तिहरूसँग अनावश्यक प्रतिस्पर्धा हुन सक्छ। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ।

सिंह : महत्त्वाकाङ्क्षी योजना गोप्य राख्नुहोला। बेसुरमा दिएको वचनले आफैँलाई अप्ठ्यारो पर्नेछ। नजिकका साथीभाइसँग असमझदारी बढ्न सक्छ। रोकिएका काममा दोहोर्‍याएर प्रयत्न गर्नुपर्ला। पहिलेका कमजोरी सच्याउने समय छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। पछिका लागि काम गर्ने मौका छ। भेटघाटले उत्साह जगाउनेछ।

कन्या : धार्मिक ऐतिहासिक ठाउँको भ्रमण हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। तपाइको मेहनत र इमानदारिताको अरूले प्रशंसा गर्नेछन्। प्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। नयाँ तथा रचनात्मक काममा जुट्ने समय छ। मेहनतले प्रतिस्पर्धामा जित दिलाउनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। 

तुला : अधैर्य व्यवहारले समस्या निम्त्याउला। समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। अरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। कामको सन्दर्भमा केही वादविवाद हुन सक्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्‍याउनुहोला। धेरै फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। महत्त्वपूर्ण काम बिग्रने डरले सताउन सक्छ।

वृश्चिक :  समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। स्वास्थ्य-चिन्ताले पनि सताउनेछ। अध्ययनमा बाधा हुनेछ र लक्ष्य प्राप्त गर्न समय लाग्नेछ।

धनु : सुरुमा खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। व्यवसायमा फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। दिउँसोदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकाङ्क्षी काम गर्न सफल भइनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ।

मकर : अध्ययन अध्यापनमा सफलता मिल्नेछ। भाग्य बलियो रहनेछ। परोपकारी काममा रुचि बढ्नेछ। मन उत्साहित हुनेछ। मेहनतले आम्दानी बढाउनेछ। सानो प्रयत्न गर्दा महत्त्वपूर्ण काम बन्न सक्छ। श्रमको उच्च मूल्याङ्कन हुनुका साथै दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। आयस्रोत बढ्नुका साथै उठ्नुपर्ने रकम हातलागी हुनेछ। सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ। पछिका लागि पनि सामान्य लगानी गर्न सकिनेछ।

कुम्भ : विशेष भेटघाटले काममा उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।

मीन : आध्यात्मिक मनोवृत्तिले समाजसेवामा प्रवृत्त गराउला। मिहिनेत परे पनि भविष्यका लागि जग बसाउने अवसर प्राप्त हुनेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। शक्तिको धाक देखाउनेहरू स्वतः निहुरिनेछन्। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। रोकिएको कामले निकास पाउनेछ। फजुल खर्च भने बढ्न सक्छ।

 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  ०६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update