काठमाडौं - नेकपा एमालेको पदाधिकारीका लागि अध्यक्ष केपी शर्मा ओली समूहले उम्मेदवार टुंगो लगाएको छ । आज हुने मनोनयन दर्ताका लागि अध्यक्षमा ओली आफैं उम्मेदवार बनेका छन् भने उपाध्यक्षमा विष्णु पौडेल, गुरु बराल, पृथ्वी सुब्बा गुरुङ र प्रदीप ज्ञवाली उम्मेदवार भन्ने भएका छन् ।
यस्तै महासचिवमा शंकर पोखरले, उपमहासचिवमा रघुवीर महासेठ, विष्णु रिमाल, भानुभक्त ढकाल उम्मेदवार हुने भएका छन् । यस्तै सचिवमा लेखराज भट्ट, छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, शेरधन राई, यामलाल कँडेल, हिक्मत कार्की, राजन भट्टराई र महेश बस्नेत उम्मेदवार हुने भएका छन् ।
यद्यपि सचिव पदका उम्मेदवार लेखराज भट्टले भने सचिवमा नलड्ने बताएका छन् । उनले भने, ‘साथीहरूसँग कुरा गर्दैछु । सचिव पदमा लड्दिन । अन्य कुनै पदमा लड्न सक्छु साथीहरूसँग कुरा गर्दै छु ।’

