Harsamaya
पाल्पामा जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते
सांकेतिक तस्वीर: हर समय/Har Samaya

पाल्पा - पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् । 

निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप आज दुर्घटनामा परेको हो ।

दुर्घटनामा जिपमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए । उनका अनुसार मृतक तीनै जनाको पहिचान खुल्न सकेको छैन । 

दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पूर्वी नवलपरासी पठाइएको सूचना अधिकारी चौधरीले बताउनुभयो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।  

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update