Harsamaya
सरकार र जेनजी प्रतिनिधिबिचको सम्झौता अनुमोदन
सञ्चारमन्त्री जगदिश खरेल

काठमाडौं- सरकारले जेनजी आन्दोलनका प्रतिनिधि र प्रधानमन्त्रीबिच भएको सम्झौता अनुमोदन गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बुधवार भएको सम्झौता अनुमोदन गर्दै राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका हुन् ।

उनले भने,‘जेनजी आन्दोलनका प्रतिनिधि र प्रधानमन्त्रीबिच मिति २०८२ साल मंसिर २४ गते भएको सम्झौता अनुमोदन गरी नेपाली राजपत्रमा प्रकाशित गर्ने र उक्त सम्झौता सम्बद्ध मन्त्रालयले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय भएको छ ।’

त्यस्तै उनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जाँचबुझ गर्न गठित जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको पनि जानकारी दिए । हिजो भएको सहमतिमा जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने सहमति भएको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update