बारामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
बारा - बाराको नितनपुर चोकमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। गए राति करिब ९ बजे जीतपुरबाट वीरगन्ज जाँदै गरेको मधेश प्रदेश–०३–०२७प ३७८४ नम्बरको अपाची मोटरसाइकल डिभाइडरमा ठोक्किँदा जितपुर–सिमरा उपमहानगरपालिका, बकुलिया निवासी २५ वर्षीय विनय चौधरीको मृत्यु भएको हो।
मोटरसाइकलमा पछाडि बसेका राकेश पासवान घाइते भएका छन् । दुर्घटनापछि स्थानीयले तत्काल दुवैलाई उद्धार गरी बयोधा अस्पताल पुर्याएका थिए । घाइते पासवानको भने उपचार जारी छ।
प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२ ०७:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

