Harsamaya
नुवाकोट १ बाट चुनाव लड्ने तयारीमा छुः महत 
नेपाली कांग्रेसका प्रवक्ता तथा प्रकाशशरण महत।

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता तथा प्रकाशशरण महत नुवाकोट- १ बाट चुनाव लड्ने भएका छन् । 

पूर्व अर्थमन्त्री समेत रहेका महतले आफू नुवाकोटबाटै निर्वाचन लड्न चाहेको बताए । हर समयसँग कुरा गर्दै उनले आफू नुवाकोटबाटै निर्वाचन लड्ने तयारीमा रहेको बताए । महतले नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारी गरेका हुन् । यो उनका दाजु तथा नेपाली कांग्रेसका नेता रामशरण महतको क्षेत्र हो । ‘नुवाकोट १ बाट निर्वाचन लड्ने तयारीमा छु,’ महतले भने,’भोली त्यहाँबाट उम्मेद्वार सिफारिस गर्ने तयारी रहेको छ ।’

महतले पटक-पटक सांसद बने पनि उनले प्रत्यक्ष निर्वाचन जितेका छैनन् । यसअघी २०७४ मा भएको निर्वाचनमा उनी काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचन लडेका थिए । तर, एमाले नेता इश्वर पोखरेलसँग उनले पराजय भोग्नुपरेको थियो । २०७९ को निर्वाचनमा भने उनी खस आर्य पुरूष तर्फको १ नम्बरमा बस्दै समानुपातिक सांसद् बनेका थिए ।

महतका अनुसार काठमाडौं ५ बाट समेत उम्मेद्वारको सिफारिस गर्ने तयारी भए पनि आफु भने नुवाकोटबाटै निर्वाचन लड्ने तयारीमा रहेको बताए।

‘यहाँ पनि भन्नुभएको थियो । तर, नुवाकोटबाटै लड्ने मेरो तयारी छ,’ उनले भने । महतले २०७९ को निर्वाचन पनि यही क्षेत्रबाट लड्न चाहेका थिए । तर, माओवादी सहितको गठबन्धनमा यो क्षेत्र माओवादीको भागमा परेको थियो । ७९ को निर्वाचनमा माओवादी उम्मेदवार हितबाहदुर तामाङले गठबन्धनको उम्मेदवार बनेर चुनाव जितेका थिए ।

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  १४:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update