Harsamaya
 पूर्वमन्त्री अधिकारीले राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी नदिने 
नेपाली कांग्रेस धादिङका सभापति तथा पूर्वमन्त्री रामनाथ अधिकारी ।

धादिङ- नेपाली कांग्रेस धादिङका सभापति तथा पूर्वमन्त्री रामनाथ अधिकारीले आगामी राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचन दुबैमा उम्मेदवारी नदिने घोषणा गरेका छन्।

पार्टीको क्षेत्र नं. २ को सिफारिस बैठकमा उनले पुस्तान्तरण आवश्यक भएको भन्दै अब चुनावी प्रतिस्पर्धाबाट हट्ने निर्णय सार्वजनिक गरेका हुन्।

अधिकारी क्षेत्र नम्बर २ बाट निर्वाचित निवर्तमान सांसद हुन् । धादिङको पार्टी सभापतिसमेत रहेका अधिकारीले जेनजी आन्दोलनअघि कृषिमन्त्री भएका थिए ।  जेनजी आन्दोलन पछि नैतिकताका आधारमा उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update