Harsamaya
मोरङ ६ बाट शेखर कोइरालाको नाम एकल सिफारिस
डा. शेखर कोइराला ।

काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाको नाम प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार बन्नका लागि एकल सिफारिस गरिएको छ ।

उनको नाम मोरङ क्षेत्र नम्बर ६ बाट सर्वसम्मत रुपमा एकल सिफारिस गरिएको हो । 

मंगलबार बसेको क्षेत्रीय समिति बैठकले केन्द्रीय सदस्य कोइरालाको नाम प्रत्यक्षतर्फको उम्मेदवारका लागि जिल्ला कार्यसमिति समक्ष सिफारिस गरेको हो । 

क्षेत्रीय सभापति क्षेत्रीय सभापति देवराज तामाङ्गले दिएको जानकारीअनुसार, समानुपातिकतर्फ सात जनाको नाम सिफारिस गरिएको छ । जसमा डा. डिला संग्रौला, रमेशजंग रायमाझी, रुक्मिणी कोइराला, प्रमिला गच्छदार, मृदुला कोइराला, सीता पोखरेल घिमिरे र सीता थापामगर रहेका छन् ।

त्यस्तै, राष्ट्रियसभा सदस्यका लागि टेकवान पासवान, जयप्रकाश सरदार, महेश जाजु, प्रभा आचार्य र उमा घिमिरेको नाम सिफारिस भएको छ ।

नेपाली कांग्रेसले केन्द्रीय समितिको निर्णयका आधारमा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ तीन जना, समानुपातिकतर्फ दुई जना र राष्ट्रियसभाका लागि तीन जनाको नाम सिफारिस गर्न परिपत्र गरेको छ । तर आंकाक्षीहरू धेरै भएपछि क्षेत्रीय समितिले आफू अनुसार सिफारिस गरेको हो ।

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update