मन्त्रिपरिषद् बैठकः उखुको खरिद मूल्य प्रतिक्विन्टल ६२०‚ सचिवमा पौडेलको बढुवा
काठमाडौं- सरकारले उखुको न्यूनतम समर्थन मूल्य तोकेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि उखुको खरिद मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलका अनुसार उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान रकम उपलब्ध गराउने निर्णय भएको छ ।
यस्तै सरकारले सहसचिव राजेन्द्र कुमार पौडेलको बढुवा गरेको छ । बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको प्रवक्ता एवं सञ्चारमन्त्री खरेलले जानकारी दिए ।
‘नेपाल प्रशासन सेवा समूहिकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा सहसचिव राजेन्द्र कुमार पौडेललाई बढुवा गर्ने निर्णय भएको छ,’ उनले मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै भने ।
प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२ २०:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

