Harsamaya
कस्तो रहला आजको मौसम?
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं - आज सामान्यतः मौसम सफा रहने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको दैनिक बुलेटिन अनुसार केही प्रदेशमा आंशिक बदली रहने भए पनि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जानकारी दिएको छ । 

महाशाखाका अनुसार आज दिउँसो कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने छ । यसबाहेक बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

यस्तै आज राती कोसी प्रदेश र मधेस प्रदेशमा आंशिक बदली रहने छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  ०६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update