Harsamaya
प्रधानमन्त्रीको लागि कुलमान घिसिङको विकल्प छैन : खगेन्द्र सुनार
हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनार ।

काठमाडौं - उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालले आगामी निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्ने भएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले दुई दलबीच उज्यालो नेपाल पार्टीको चुनाव चिह्न बिजुलीको चिम प्रयोग गर्ने सहमति भएको जानकारी दिएका हुन् । 

कार्यक्रममा उनले कुलमान घिसिङ एउटा समुदायको मात्र नभई सिंगो देशको नेतृत्वकर्ता भएको हुनाले पनि आफूहरुले सहकार्य गरेको बताए । प्रधानमन्त्रीको उम्मेद्वारको लागि कुलमान घिसिङको विकल्प अरु कुनै नरहेको पनि उनको दावी छ ।

उनले भने, ‘कुलमान घिसिङ एउटा समुदायको मात्र मानिस होईन् । उहाँ देशको सिंगो नेतृत्वकर्ता हो । एउटा रानो बसेको ठाउँमा मौरीहरु गएर बसेको जसरी उहाँको वरिपरी सबै भइदिए हुन्थ्यो भन्ने कुरा सबैको आएको कारण नै हाम्रो एकता भएको हो । रहर गर्ने कुरा स्वभाविक होला । तर के हो भने कुलमान घिसिङ जस्तो प्रधानमन्त्रीको उम्मेद्वार अरु कुनै हुन सक्दैन् । कुलमान घिसिङले नेतृत्व गर्नुहुन्छ । यो बेलामा कुलमान घिसिङको विकल्प छैन् । यो बेला कोही रामको अवतार लिएर आउन सक्छ भने त्यो कुलमान घिसिङ नै हो ।’ 

त्यस्तै, उनले तत्काल पार्टी एकता गर्ने कुनै सोच नरहेको धारणा पनि राखे ।

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update