Harsamaya
ज्यान जोगाउन भाग्दै गरेकी धानाको हात्तीको आक्रमणबाट मृत्यु
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

महेन्द्रनगर - कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्याउलेमा  जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको आक्रमणमा परी भीमदत्त नगरपलिका–१४ का ४५ वर्षीया धाना विष्टको आज बिहान मृत्यु भएको हो ।

हात्ती बस्तीमा पसेर विष्टको घर भत्काउने क्रममा ज्यान जोगाउन भाग्दै गरेको अवस्थामा उनलाई हात्तीले गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । विष्टको उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
 
जङ्गली हात्ती गाउँ पसेर स्थानीयको घर भत्काउन लागेको खबरपछि निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनी र झोलुङ्गे पुल प्रहरी पोष्टबाट प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्यमा जुटेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि अस्पतालमै राखिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update