Harsamaya
लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेश सभा ।

लुम्बिनी - लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । बैठक आज दिउँसो एक बजे बस्ने छ । बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी सूचना पढेर सुनाउने  कार्यसूची रहेको छ । यसै गरी मन्त्रिपरिषद् पुनर्गठन र छैटौँ अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्र पनि सभामा सुनाइने छ ।

हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुबिधा सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भइसकेका छन् ।

थप विधेयकहरू प्रदेशसभामा पेस गर्नका लागि मन्त्रिपरिषद् बैठकले स्वीकृति पनि दिइसकेको छ । लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक, प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक, दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक पेस गर्न मन्त्रिपरिषद् बैठकले स्वीकृत दिएको हो ।

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update