Harsamaya
भाद्र २३ र २४ गतेको घटनामा दोषी देखिएकालाई कारवाही गर्न जेनजी युवाको माग
गृहमन्त्री ओमप्रकाश अर्याल ।

काठमाडौं - जेनजी युवाको एक समूहले भाद्र २३ र २४ गतेको घटनामा दोषी देखिएकालाई कारवाही गर्न माग गरेको छ ।

आइतबार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसंगको छलफलमा जेन जी टु नामक समूहका प्रतिनिधिहरुले जेनजी आन्दोलनका क्रममा भाद्र २३ गने भएको दमनमा दोषि देखिएकालाई कारवाही गर्न माग गरेको हो । 

त्यस्तै भाद्र २४ गते जनेजीका नाममा भएको आगजनी र तोडफोडमा संलग्नलाई समेत कारवाही गर्नुपर्ने उनीहरुले माग गरेका छन् । जेन जी २.० समूहका प्रवक्ता अविन लिम्वुले गृहमन्त्रीको छलफलका क्रममा जेनजी आन्दोलनमा भएका घटनाको दोषिलाई कारवाही गर्न माग गरिएको बताउनुभयो । त्यस्तै आगामी निर्वाचन सरकारलाई सहयोग गर्न तत्पर रहेको आफूहरुले बताएको उहाले बताए ।  

लिम्वुले आफुहरुको समूहको देशभर विस्तार गरिएको जानकारी दिए । जेन जी टु ले आगामी मंसिर १२ गते माइतिघरमा शहीदहरुको सम्झनामा मौनधारण गर्दै गृहमन्त्री लगाएत अन्य मन्त्रीहरुलाई माइतिघरमा नै जेनजीका मुद्दा तथा मागसहित ज्ञापन पत्र हस्तान्तरण गर्ने जनाएको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update