Harsamaya
 संविधानविद् आचार्यको प्रश्न -  नेताहरूलाई जनता माझ जान अवरोध पुर्याउने हो भने कसरी चुनाव हुन्छ ?
संविधानविद् भिमार्जुन आचार्य ।

काठमाडौं - संविधानविद् भिमार्जुन आचार्यले नेताहरूलाई सभा सम्मेलनमा जान रोक लाउने, कार्यकर्ता वा जनता माझ जान अवरोध पुर्याउने हो भने कसरी चुनाव हुन्छ ? भन्दै प्रश्न गरेका छन् । 

बुधबार सामाजिक सञ्जालमा लेख्दै आचार्यले आफ्नै सत्ता भएका आन्दोलनकारी त झनै बढी जिम्मेवार हुनु पर्ने बताएका छन् । 

‘नेताहरूलाई आफ्ना सभा सम्मेलनमा जान रोक लाउने, आफ्ना कार्यकर्ता वा जनताका माझ जान अबरोध पुर्याउने हो भने कसरी चुनाव हुन्छ ? अनि यस्तो काम गर्न पाइन्छ कसरी ?’, आचार्यले भने, ‘आफ्नै सत्ता भएका आन्दोलनकारी त झनै बढी जिम्मेवार हुनु पर्ने होइन र ? जेनजीका भाइबहिनीहरूले यसमा हेक्का राख्नु पर्यो ।’ 

उनले उतेजना बढाउने काम कसैको हितमा नहुने बताए । 

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update