Harsamaya
महाधिवेशन पुसभित्रै गर्नु पर्छ :  डा. कोइराला
नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला ।

काठमाडौं - नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पुसभित्रै पार्टीको १५औँ नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् । विशालनगरस्थित आफ्नै सम्पर्क कार्यालयमा  युवा कार्यकर्ताहरूसँगको भेटमा डा. कोइरालाले ढिलाइ अब सह्य नहुने बताउँदै पुस मसान्तलाई अन्तिम समयसीमा मान्नुपर्ने धारणा राखेका हुन् । 

यदि पुस मसान्तभित्र नै १५औँ महाधिवेशन सम्पन्न गर्न नसकिएको खण्डमा पार्टी केन्द्रीय कार्यसमितिले निर्णय गरेर विशेष महाधिवेशनमा जानुपर्ने आवश्यकता रहेको  कोइरालाको भनाइ छ ।   

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update