Harsamaya
विश्व अधिकारी डीआईजीमा बढुवा सिफारिस
नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी ।

काठमाडौं – नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा सिफारिस गरिएको छ।

बढुवा समितिको सिंहदरबार बैठकको निर्णयअनुसार, अधिकारीको बढुवा सिफारिस सूची प्रकाशित गरिएको छ। उनी हाल अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा हेटौँडा, मकवानपुरमा कार्यरत छन्।

यसअघिको बढुवामा भने उनी छुटेका थिए। बढुवाका पहिलो नम्बरमा रहेका एसएसपी अधिकारी छुट्दा पाँच एसएसपीलाई डीआईजीमा बढुवा गरिएको थियो।

अधिकारी २३ र २४ भदौमा जेनजी आन्दोलन हुँदा जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुख थिए। 

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update