काठमाडौं -साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । अघिल्लो कारोबार बिहीबार ०.३१ अङ्कले बढेर २५४४.९१ विन्दुमा उक्लिएको नेप्से परिसूचक आइतबार ५.१५ अङ्कले घटेर २५४०.५७ अङ्कमा झरेको छ ।
नेप्सेमा सामान्य अङ्कले गिरावट आए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य वृद्धि भएको छ । बिहीबार ३ अर्ब ४९ करोड ९८ लाख २१ हजार रुपैयाँको ७६ लाख ५ हजार ५ सय कित्ता शेयर किनबेच भएको बजारमा यस दिन कुल ३३७ स्टकको ३ अर्ब ८९ करोड ३९ लाख ७५ हजार रुपैयाँको ७९ लाख ५७ हजार कित्ता कारोबार भएको छ । यो किनबेच ४७ हजार १७६ पटकको कारोबारमा भएको हो ।
यस दिन सेन्सेटिभ इन्डेक्स १.४४ अङ्कले घटेको छ । फ्लोट इन्डेक्स ०.५० अङ्कले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अङ्कले घटेको छ ।
यस दिन सागर डिस्टीलरी, बुङ्गल हाइड्रो, बन्दीपुर केबलकार र नबिल डिबेन्चरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सागर डिस्टलिरीको शेयर मूल्य प्रतिकित्ता ५१.४० रुपैयाँले बढेर ५६५.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
आज कारोबारमा आएको मध्ये भुगोल इनर्जी डेभलप्मेन्टको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस कम्पनीको शेयर प्रतिकित्ता १० प्रतिशतले घटेर ६४४.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, रुरु जलविद्युत कम्पनीको शेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले घटेको छ । कारोबार रकमका आधारमा यस दिन एसबिल डिबेन्चर ८९, नेपाल रि इन्स्योरेन्स कम्पनी र माउन्टेन इनर्जीको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ ।
यस दिन १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । यस दिन होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ । यस दिन घटेका उपसमूहहरूको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ ।

