Harsamaya
तारकेश्वर नगरपालिका र परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबीच सम्झौता
सम्झौतापत्रमा हस्ताक्षर गरेपछि नगर प्रमुख कृष्ण हरि महर्जन र परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल थापाथलीका निर्देशक डा. श्रीप्रसाद अधिकारीलगायत ।

काठमाडौं - तारकेश्वर नगरपालिका र परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबीच सम्झौता भएको छ ।  

नगरपालिकामा विशेषज्ञ सेवालाई विस्तार गरी समुदायस्तरसम्म सर्वसुलभ तरिकाले प्रसुति तथा स्त्री रोग सेवा उपलब्ध गराउने उद्देश्यले शुक्रबार नगर प्रमुख कृष्ण हरि महर्जन र परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल थापाथलीका निर्देशक डा. श्रीप्रसाद अधिकारीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

सो सम्झौता अन्तर्गत महिनाको दोस्रो बुधबार वडा नं. १ अन्तर्गतको साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रमा बहिरंग सेवा उपलब्ध गराइने र  महिनाको अन्तिम बुधबार वडा नं. ८ अन्तर्गतको मनमैजु स्वास्थ्य बहिरंग सेवा केन्द्रमा प्रसूति तथा स्त्री रोग सम्बन्धी विशेषज्ञ सेवा र अल्ट्रासाउन्ड (USG) सेवा संचालन गरिनेछ । 

सेवा प्राप्त गर्ने बिरामीहरूलाई आवश्यक पर्ने निशुल्क औषधी तथा औषधीजन्य सामग्री वितरण गरिने सम्झौता भएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update