मतदाता नामावली दर्ताको लागि म्याद थपका लागि प्रधानमन्त्रीको आग्रह
काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी म्याद थपका लागि आग्रह गरेकी छिन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग भर्खरै टेलिफोनमा कुराकानी गर्दै म्याद थपका लागि आग्रह गरेकी हुन् ।
यसबारे आयोग सकारात्मक रहेको र ५ दिन म्याद थप्न सकिने जानकारी भण्डारीले प्रधानमन्त्रीलाई दिएका छन् । राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि हिजोबाट अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ। यसैबिच प्रधानमन्त्री कार्कीले इन्टरनेट सर्भरमा देखिएको समस्याका विषयमा पनि चासो व्यक्त गरेकी छिन् । यस विषय पनि समाधान गर्दै अघि बढिरहेको भण्डारीले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२ १७:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

