Harsamaya
सन्तोष परियारले छाडे रास्वपा

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचिवालय सदस्य  तथा पूर्व सांसद सन्तोष परियारले पार्टी छाडेका छन्। रास्वपाबाट निवर्तमान प्रतिनिधि सभा प्रमुख सचेतक तथा समानुपातिकतर्फ निवर्तमान सांसद रहेका परियारले शुक्रबार रास्वपा छाडेका हुन्।  उनले  कार्यवाहक सभापति तथा महामन्त्री डीपी अर्याललाई राजीनामा पत्र बुझाएर पार्टी छोडेको  जानकारी गराएका हुन् । निरन्तर पार्टीमा विचारको बहस गरिरहँदा पनि त्यसलाई स्थापित गर्न नसकेको भन्दै उनले त्यसलाई आफ्नो कमजोरीको रूपमा लिएको बताएका छन् । साथै नेपाली समाजको बनावट र चरित्र अनुसारको पार्टीको विचार निर्माण गर्न नसकेकोमा पनि आफू दुःखी रहेको पनि उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।   

‘बद्लिँदो परिस्थितिलाई आत्मसात् गर्दै यस ऐतिहासिक घडीमा नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्र हित र जनताको जीवनसँग जोड्नलाई म फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने स्थितिका कारण आजैका मिति कात्तिक २८, २०८२ देखि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको कुनै पनि जिम्मेवारीमा नरहने र पार्टीको साधारण सदस्यसम्म नरहने निवेदन गर्दछु,’ परियारले राजीनामा पत्रमा भनेका छन् ।

583201162_4222629004620083_1848306079084763788_n-1763112621.jpg
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update