Harsamaya

काठमाडौं - मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो नियुक्तिविरुद्ध सर्वोच्च अदालतले फैसला गरेमा तत्काल पद छाड्ने बताएका छन् । 

मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री यादवले आफ्नो नियुक्ति असंवैधानिक वा गलत ठहराएमा एकछिन पनि पदमा नबस्ने बताएका हुन् । 

संवैधानिक सर्वोच्चता कायम गर्न बाध्यात्मक अवस्थामा सबैभन्दा ठूलो दल एमालेको नेताको हैसियतले मुख्यमन्त्री बनेको उल्लेख गर्दै यादवले दलहरुले सहयोग गर्नेमा विश्वस्त रहेको धारणा राखे । 

विगतमा सरकार बन्दा एमालेले अन्य दललाई मुख्य रुपमा सहयोग गरेको हैसियतमा अब आफूलाई अन्य दलले विश्वासको मत दिने उनले बताए । 

मुख्यमन्त्री यादवले अघिल्लो दिन आफुले नियुक्तिको पत्र पाइसकेपछि शपथ ग्रहण गराएरमात्रै काठमाडौं जान प्रदेश प्रमुखलाई भनेको स्पष्ट पारे । त्यसैका कारण आफ्नो सपथ बिहानै होटलमा आयोजना गरिएको उनको भनाइ छ । 

उनले प्रदेश प्रमुख पदमुक्त गरिएकोमा असन्तुष्टि व्यक्त गरे । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update