Harsamaya
मधेश प्रदेशका प्रमुख सुवेदी पदमुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी ।

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् । 

मन्त्रिपरिषद्को यही कात्तिक २४ को निर्णय एवं सिफारिसका आधारमा राष्ट्रपतिले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम भण्डारीलाई आजैदेखि लागू हुनेगरी पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा आज विज्ञप्तिमा जनाइएको छ । 

मन्त्रिपरिषद्को सोमबारको बैठकले सुवेदीलाई पदमुक्त गरी सुरेन्द्रलाल कर्णलाई मुख्यमन्त्री नियुक्त गर्न सिफारिस गरेको थियो । 

madhes-1762837548.jpg

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update