मधेस प्रदेश प्रमुखमा कर्ण सिफारिस‚ भण्डारीलाई पदमुक्त गरिने
काठमाडौं - सरकारले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई पदमुक्त गरी उनको ठाउँमा सुरेन्द्रलाल कर्णलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
पदमुक्त गरिएकी भण्डारी ०८० फागुनमा नेकपा (एमाले)को तर्फबाट प्रदेश प्रमुख बनेकी थिइन् । भण्डारीले सोमबार बिहान मधेश प्रदेश प्रमुखमा सरोजकुमार यादवलाई नियुक्त गर्दै होटलमा सपथ खुवाएपश्चात् विवादीत बनेकी थिइन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२ १९:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

