संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक जारी
काठमाडौं - आज संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरूबीच संयुक्त बैठक बसेको छ । बैठक शुक्रबार बिहान ११ बजेबाट राज्य व्यवस्था तथा सुशासन समितिको बैठक कक्षमा बसिरहेको हो ।
बैठकमा विगठित प्रतिनिधि सभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यष्क्ष नारायण प्रसाद दाहाल, उपाध्यक्ष विमला घिमिरेलगायत संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरूबीच छलफल जारी छ ।
बैठकमा संघ र प्रदेशका सांसदले गरिरहेका काम कारबाहीबारे छलफल भईरहेको बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२ १३:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

